पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो १८६ रनको लक्ष्य – Nepal Press

पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो १८६ रनको लक्ष्य

काठमाडौं । इफ्तिखर अमेद र सादव खानको अर्धशतकमा सहयोगमा पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभमा ९ विकेट गुमाउँदै १८५ रनको योगफल तयार गरेको छ ।

सुरुवाती ब्याटरलाई लगातार गुमाएको पाकिस्तानको इनिङ मध्यक्रमका ब्याटर इफ्तिखर र सादबले सम्हालेका थिए । सादबले २२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको योगदान गरे ।

यस्तै इफ्तिखरले ३५ बलमा ३ चौका र दुई छक्कासहित ५१ रन बनाएर आउट भए । मोहमद हारिस र मोहमद नवाजले समान २२-२८ रन जोडे ।

दक्षिण अफ्रिकाको बलिङमा एनरिच नोर्टजेले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभरमा ४१ रन खर्चिए । यस्तै वेन प्रनेल, कागिसो रबडा, लुङगि एनगिडी र ताबराएज सामसीले समान एकएक विकेट लिए ।

आजको खेल हारेमा पाकिस्तान टी-२० विश्वकप बाट बाहिरिनेछ । यस खेलमा जीत निकाल्न सके र अन्तिम खेलमा बंगलादेशलाई हराए पाकिस्तान सेमिफाइनल पुग्ने अंक गणितीय सम्भावना रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर