डडेल्धुरामा प्रधानमन्त्री देउवाको स्वागत गर्न लाइनमा बसे सागर ढकाल – Nepal Press

डडेल्धुरामा प्रधानमन्त्री देउवाको स्वागत गर्न लाइनमा बसे सागर ढकाल

काठमाडौं । चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा बसेका छन् ।

ढकाल अरुसँगै हातमा माला बोकेर देउवाको स्वागतका लागि लाइन लागेका हुन् ।

देउवाले आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दैछन् । उनी चार दिन त्यहाँ बस्नेछन् ।

देउवाले झपारेर चर्चामा आएका गुल्मीका ढकाल हजुरबुबालाई आराम दिने नाति पुस्ताले निर्णय गरेको भन्दै चुनावमा होमिएका छन् । ढकाललाई पाँच वर्षअघि देउवाले प्रधानमन्त्री रहेकै बेला बीबीसीको साझा सवाल कार्यक्रममा झपारेका थिए ।

प्रधानमन्त्रीसँग स्वतन्त्र उम्मेदवार ढकालसहित लामोसमय उनकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल प्रतिस्पर्धामा छन् । त्यस क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उम्मेदवार छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर