ईश्वर पोखरेलको घोषणापत्र- चक्रपथ विस्तारमा जोड (पूर्णपाठ) – Nepal Press

ईश्वर पोखरेलको घोषणापत्र- चक्रपथ विस्तारमा जोड (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताए ।

काठमाडौं ५ मा विद्यमान सामुदायिक तथा गुठी विद्यालयहरूमा पूर्वाधार तथा शौक्षिक गुणस्तर अभिवृद्धि गरी स्थानीय जनताको शैक्षिक आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उनले उल्लेख गरेका छन् ।

चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पुर्‍याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तिव्रता दिने पोखरेलले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर