व्यवस्था जोगाउन अझै केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: डा. बाबुराम भट्टराई – Nepal Press

व्यवस्था जोगाउन अझै केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: डा. बाबुराम भट्टराई

‘संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो भएपछि मात्र कांग्रेस र माओवादी प्रतिस्पर्धामा जाने हो’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् ।

गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीको नाम नलिई एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘विगतमा जे तीतामीठा भए, ती सबै कुरा बिर्सौं । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन । जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ । जब यो व्यवस्था बलियो हुन्छ त्यसपछि प्रतिस्पर्धा गरौला ।’

गठबन्धनको जीत निश्चित भए पनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न मेहनत गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर