एमालेका सबै उम्मेदवारसँग ओलीको जुम बैठक, एकैखाले प्रोफाइल तस्बिर राख्न ओलीबाटै सुरूवात – Nepal Press

एमालेका सबै उम्मेदवारसँग ओलीको जुम बैठक, एकैखाले प्रोफाइल तस्बिर राख्न ओलीबाटै सुरूवात

काठमाडौं । नेकपा एमालेका उम्मेदवारहरुले आजबाटै एकसाथ एकै प्रकारको प्रोफाइल तस्बिर राख्न सुरू गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले देशभरका सबै उम्मेदवारसँग जुम बैठक गरेलगत्तै फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गर्न निर्देशन दिइएको हो ।

यसको सुरूवात अध्यक्ष ओलीले नै गरेका छन् । ओलीले बुधबार साँझ आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गर्दै जनतासँग मत मागेका छन् । सबैले सोही आकार र फरम्याटमा प्रोफाइल तस्बिर परिवर्तन गर्ने ओलीको सचिवालयका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

यसअघि अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूसँग सामूहिक जुम बैठक गरेका थिए । अहिलेसम्मको चुनावी अभियानको अवस्था र समस्याका बारेमा बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर