बंगलादेशमाथि भारतको कठीन जित, अर्सदिपले गरे उद्धार – Nepal Press

बंगलादेशमाथि भारतको कठीन जित, अर्सदिपले गरे उद्धार

मेलबर्न । भारतले अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहको आफ्नो चौथो खेलमा बुधबार बंगलादेशमाथि ५ रनको कठीन जित हात पार्दै भारत शीर्षस्थानमा उक्लिएको छ ।

चार खेलबाट ६ अंक भएको भारत शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको तीन खेलबाट ५ अंक छ । बंगलादेशको चार खेलबाट चार अंक छ । आफ्नो अन्तिम खेलमा भारतले जिम्बावे र बंगलादेशले पाकिस्तानसँग खेल्ने छ ।

अन्तिम खेलमा पराजित भएपनि भारतको अगाडि बढ्ने सम्भावना रहन्छ। सुरुमा एक सय ८५ रनको लक्ष्य पाएको बंगलादेशले सानदार सुरुवात गरेको थियो । वर्षाले खेल रोकिएपछि डकवर्थ लुइस नियम आधारमा १६ ओभरमा १५१ रन बनाउनुपर्ने नयाँ लक्ष्य बंगलादेशले पाएको हो । तर बंगलादेशले १६ ओभरमा ६ विकेट गुमाएर १४५ रन जोड्यो । लिटन दासले सर्वाधिक ६० रन बनाए । पहिलो विकेटका रुपमा उनी रन आउटको शिकार भएका थिए ।

आठौँ ओभरको दोस्रो बलमा उनी केएल राहुलबाट रन आउट भएका थिए । बंगलादेशले ७ ओभरमा एक विकेट नगुमाइ ६६ रन जोडेको अवस्थामा वर्षाले प्रभावित बनेको थियो ।

१० औँ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमाएको बंगलादेशको पतन १२ औँ ओभरमा सुरु भएको थियो । उक्त ओभरमा अर्सदिप सिंहले दुई रन मात्र खर्चिएर दुई विकेट लिए । आफ्नो पहिलो ओभरमा १२ रन व्यहोरेका अर्सदिपले दोस्रो ओभरमा भने विस्फोटक ब्याट्सम्यान सकिब अल हसन र लगत्तै अर्को ओभरमा हार्दिक पान्ड्याले पनि दुई विकेट हात पारेका थिए ।

बंगलादेशलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । तर बंगलादेशी ब्याट्सम्यानको बलियो प्रयास बाबजुत अर्सदिपले १४ रन मात्र दिए। बंगलादेशलाई अन्तिम बलमा ७ रन चाहिएको थियो । त्यसअघि भारतको पालिमा विराट कोहलीले अविजित ६४, केएल राहुलले ५० र सूर्यकुमार यादवले ३० रन बनाएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर