भारतले दियो बंगलादेशलाई १८५ रनको लक्ष्य – Nepal Press

भारतले दियो बंगलादेशलाई १८५ रनको लक्ष्य

काठमाडौं । विराट कोहलीको अविजित अर्धशतकमा भारतले आईसीसी टी-२० विश्वकपको समूह दुईमा बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको छ ।

एडिलेड ओभलमा ब्याटिङको निम्तो पाएको भारतका लागि कप्तान विराटले सर्वाधिक ६४ रनको योगदान गरे । उनले ४४ बलमा ८ चौका र १ छक्का प्रहार गरे । ओपनर केएल राहुलले अर्धसतकिय इनिङ खेले । उनले ३२ बलमा ३ चौका र छक्कासहित ५० रनको योगदान गरे । सूर्यकुमार यादव ३० रन जोडेर पभेलियन फर्किएका थिए । रविचन्द्रन आश्विन १३ रनमा अविजित रहे ।

बलिङतर्फ बंगलादशेका लागि हसन महमुदले चार ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । समान ४ ओभरमा ३३ रन खर्चिएका कप्तान सकिब अल हसनले दुई विकेट लिए ।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारत दोस्रो खेलमा नेदरल्यान्डस्लाई हराएको थियो । यस्तै, तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । आजको खेल जिते भारत सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर