वागमतीको लगातार तेस्रो हार, सेमिफाइनल सम्भावना न्यून – Nepal Press

वागमतीको लगातार तेस्रो हार, सेमिफाइनल सम्भावना न्यून

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ । वुधबार मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदशेसँग ८ विकेटले पराजित भएसँगै वागमतीको समिफाइनल यात्रा कठीन भएको हो ।

टस जितेर ब्याटिङ थालेको वागमतीले ३८.१ ओेभरमा अलआउट हुँदै लुम्बिनीलाई १ सय ५६ रनको लक्ष्य दिएको थियो । वागमतीले दिएको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

लुम्बिनीको ब्याटिङमा कप्तान देव खनालले अविजित ७७ रनको योगदान गरे । यस्तै प्रज्वल थापा र सन्दीप रजालीले समान २९ रन बनाए । वागमतीका रिजन ढकाल र प्रतिस जिसीले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रनको योगदान गरेका थिए । दुर्गेश थापाले ३२ रन जोड्दा ओपनर आसुतोष घिराइया २२ रन, सूर्य तामाङ १७ रन, नन्दन यादव १५ र रामनरेश गिरिले १० रन जोडे । भने, अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट लिए । विशाल विक्रम केसी र अभिषेक गौतमले समान दुई विकेट लिँदा कृष्ण कार्की र मोहम्मल हुसेनले एक-एक विकेट लिए ।

पहिलो खेलमा पुलिस सँग हारेको बाग्मती दोस्रो खेलमा प्रदेश १ सँग पराजित भएको थियो । समूह बी मा पहिलो खेल खेलेको लुम्बिनीको यो पहिलो जित हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर