रुपन्देही सैनामैनामा ५१ जनाले गरे एमाले प्रवेश – Nepal Press

रुपन्देही सैनामैनामा ५१ जनाले गरे एमाले प्रवेश

रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका-५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा एमाले नेताहरूले नवप्रवेशीलाई स्वागत गरे । एमालेबाट रुपन्देही ५ का उम्मेदवार वासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताए । उनले आफ्नो क्षेत्रलाई विकासमा नमूना बनाउन स्पष्ट भिजन भएको दाबी गरे ।

प्रदेशसभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएकोले नेपाली कांग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको चर्चा गरे ।

जिल्ला उपसचिव चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकामा एमालेको नेतृत्व रहँदा सुरू भएका सैनामैना चक्रपथलगायतका विकासका कामलाई अघि बढाउन समेत एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

पार्टी प्रवेश गरेका राजु थारुले आफ्नो क्षेत्रमा एमाले पार्टीले विकासको लागि महत्वपूर्ण काम गरेकोले आफूहरू एमालेमा आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर