उम्मेदवारको नयाँ शैली: सुनिल शर्माले घरमै एम्बुलेन्स पठाएर गरे असहाय बिरामीको उपचार – Nepal Press

उम्मेदवारको नयाँ शैली: सुनिल शर्माले घरमै एम्बुलेन्स पठाएर गरे असहाय बिरामीको उपचार

काठमाडौं । चुनावको बेला उम्मेदवारहरूले जनतालाई आफ्नो पक्षमा पार्न जेसुकै पनि गर्छन् । कोही खेतमै पुगेर धान काटेका, कोही गाईवस्तुको गोठमा पुगेका र कोही घरको काममा सघाइरहेका दृष्य सामाजिक सञ्जालमा आइरहेका हुन्छन् ।

मोरङ-३ मा भने फरक दृष्य देखिएको छ । चुनाव प्रचार-प्रसारकै क्रममा यो क्षेत्रका गठबन्धनका उम्मेदवार डा. सुनिल शर्मा न्यौपाने भने बिरामीको उपचार पनि गरिरहेका छन् । डा. शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाए ।

आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा. शर्माले उनको निःशुल्क उपचारको प्रबन्धसमेत गरिदिएको उनको सचिवालयले जनाएको छ ।

डा. शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उनलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका थिए । शर्मा सो मेडिकल कलेज तथा अस्पतालका सञ्चालक हुन् ।
डा. शर्माले बानियाँको निःशुल्क शल्यक्रियाको व्यवस्थाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । शर्मा एमाले नेता भानुभक्त ढकाल र राप्रपाकी रेखा थापासँग मोरङ ३ बाट प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर