टीभीएसको भाग्य ‘कायापलट’ योजना ३ दिनमात्र बाँकी – Nepal Press

टीभीएसको भाग्य ‘कायापलट’ योजना ३ दिनमात्र बाँकी

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामक विशेष योजना समाप्त हुन अब ३ दिनमात्र बाँकी छ ।

बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न टीभीएसमा कुनैपनि दुईपांग्रे सवारीसाधन खरिद गर्नुपर्नेछ । नकिन्दै एक लाख, किन्दा १० लाख प्राप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउने छन् । यसको लाभ उठाउने समय अब ३ दिनमात्र बाँकी भएकाले टिभीएसको दुईपांग्रे खरिद गर्दा नगद फिर्ता तथा आकर्षक उपहारका लागि दुईपांग्रे खरिद गर्न सकिनेछ ।

यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी ३० स्मार्ट फोन र २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २ सय ७७ को मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरू पनि समावेश छन् । जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर छन् । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु-ह्वीलर ब्राण्डका रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *