ओलीको चेतावनी- एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ (भिडिओ) – Nepal Press

ओलीको चेतावनी- एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी दिएका छन् । उनले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने उनले बताए ।

‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नुपर्छ,’ ओलीले भने ।

आज काठमाडौं १ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ ।

ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’

राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीले बताए । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उनको आह्वान छ ।

‘प्रतिगामीहरू हामीलाई नै प्रतिगामी भन्दै छन्, उनीहरूलाई लाज छैन,’ ओलीले भने, ‘अहिलेको सरकार प्रतिगमनको फल हो, असंवैधानिक र असंसदीय हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर