ओलीको कटाक्ष- हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ (भिडिओ) – Nepal Press

ओलीको कटाक्ष- हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको बताएका छन् । काठमाडौंमा पुनर् निर्मित धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै उनले कटाक्ष गरे ।

काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरे ।

‘एमाले सरकारमा गएपछि साढे सात लाख घर हस्तान्तरण भए भने १५ सय पुरातात्त्विक महत्त्वका ऐतिहासिक भवनहरू पुनर्निर्माण गरिए । २०/३० वर्षमा अरूले गर्न नसकेका काम हामीले गरेका छौँ,’ ओलीले भने ।

उनले भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएको तर पार्किङलगायतका बाह्य संरचनाको काम जारी रहेको उल्लेख गरे ।

‘सबै काम सकेपछि बेग्लै रौनक आउँछ काठमाडौंको मुटुमा । तर, धरहरा भनेको धरहरा मात्रै हो । त्यो निर्माण भइसकेको छ । पार्किङ स्थल र गार्डेनलाई एउटा कम्पोटेन्टमा ल्याए पनि त्यो धरहरा होइन,’ ओलीले भने ।

उनले थपे, ‘अहिले केही पार्टी र तीनका नेतालाई धरहरा हेर्‍यो कि मुटुमा सुइरो रोपेजस्तो हुन्छ । धरहराको टुप्पो हेरेपछि घोच्छ तिनीहरूलाई । त्यस कारण उनीहरू कराउँछन् । कसैले सेता भ्यूटावर हो भन्छन् ।’

दिल्लीले त्यहाँ रहेको कुतुमिनारमा गर्व गर्ने गरेको तर, नेपालको धरहरालाई लिएर अनेक प्रश्न उठाउने गरिएको ओलीले बताए ।

‘दिल्लीले गर्व गर्छ त्यहाँको कुतुमिनारसँग । के कुतुवमिनारले धान, गहुँ फलाउँछ रु कपडा बन्छ त्यहाँ रु के गर्छ रु राष्ट्रको गौरवका लागि, आफ्नो सान देखाउनका लागि यस्ता कुरा बनाएका हुन्छन्,’ ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर