यी हुन् सबैभन्दा धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्र – Nepal Press

यी हुन् सबैभन्दा धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्र

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन धेरै दिन बाँकी छैन ।

अहिले दलका नेता, उम्मेदवारहरू भोट माग्न घरदैलोमा पुगिरहेका छन् ।

मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा धेरै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ १० महिला र २२ जना पुरुष गरी ३२ जना चुनावी मैदानमा रहेका छन् ।

यस्तै मोरङ ३ मा ३१ जना छन् । जसमा महिला ४ र पुरुष २७ जना छन् ।

त्यस्तै धनुषा ३ मा ६ महिला र २५ पुरुष गरी ३१, काठमाडौं ४ मा २ महिला र २९ पुरुष गरी ३१ र काठमाडौं २ मा ५ महिला र २५ पुरुष गरी २५ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर