पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगपनि पुग्न सकेन – Nepal Press

पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगपनि पुग्न सकेन

काठमाडौं । च्याम्पियन्स लिगमा समूह चरण अन्तर्गत अन्तिम खेलमा एसी पोर्टोसँग २-१ गोलको नतिजामा पराजित हुँदै एट्लेटिको मड्रिडको युरोपा लिग खेल्न बाट पनि वञ्चित भएको छ ।

एट्लेटिको रहेको समूह बी बाट यसअघि नै क्लब ब्रुज र एफसी पोर्टो क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरिसकेका थिए । समूह चरणको अन्तिम खेलअघि सम्म तेस्रो स्थानमा रहेको एट्लेटिकोलाई युरोपा लिग खेल्नका लागि पोर्टोविरुद्ध कम्तीमा एक अंक आवश्यक थियो ।

तर अन्तिम खेलमा पराजित भएसँगै एट्लेटिको युरोपा लिग खेल्न समेत योग्य भएन । अन्तिम खेलमा शीर्ष स्थानको क्लब ब्रुजसँग अंक बाँडेसँगै बायर लेभरकुशनले युरोपा लिगमा स्थान बनायो ।

शीर्ष स्थानको क्लब ब्रूजको १२ अंक रह्यो भने दोस्रो स्थानको पोर्टोको ११ अंक रह्यो । तेस्रो स्थानको बायर लेभरकुशन र चौथो स्थानको एट्लेटिकोको समान पाँच अंक रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर