टोटेनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा – Nepal Press

टोटेनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । इङ्ग्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मङ्गलवार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलाई २(१ गोलको नतिजामा पराजित गर्दै टोटेनह्याम नकआउट चरणमा पुगेको हो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा एमबेम्बा मंगुलुको गोलमा मार्सेले सुरुआती अग्रता बनाएको थियो ।

तर,५४ औं मिनेटमा क्लेमेन्ट लेङलेटले टोटेनह्यामका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको इन्जुरी समयमा पिएरे इमिलले गोल गर्दै टोटेनहमलाई २(१ को जित दिलाएका थिए ।

जितसँगै टोटेनहमले ६ खेलमा ११ अंक जोड्यो ।
टोटेनहम समूह ‘डी’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
मार्से ६ अंक जोडेर समूहको पुछारमा रह्यो ।

यसै समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टीङ सिपिलाई २(१ गोलको नतिजामा पराजित गर्दै तालिकाको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर