रुपन्देही २ का उम्मेदवार डा. भुसालको मनोनयन खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर (फैसलासहित) – Nepal Press

रुपन्देही २ का उम्मेदवार डा. भुसालको मनोनयन खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर (फैसलासहित)

रुपन्देही । सर्वोच्च अदालतले रुपन्देही २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको मनाेनयन खारेज गर्ने निर्वाचन आयाेगकाे निर्णय सदर गरेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको मंगलबार संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको हो ।

सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध डा. भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षी निर्वाचन आयोगसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर