सांग्रिला डेभलपमेन्ट बैंक १८ वर्षमा प्रवेश
नेपाल प्रेस
२०७९ कार्तिक १५ गते ११:४४
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । बैंकले हिजो वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरी कदरपत्र प्रदान गरे ।
ग्राहकवर्ग तथा शेयरधनीहरूको विश्वासले अलग्गै पहिचान बनाउन सफल भएको बैंकले बताएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर