नेपालले युएईसँग एक दिवसीय सिरिज खेल्ने – Nepal Press

नेपालले युएईसँग एक दिवसीय सिरिज खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले युनाइटेड अरब ईमिरेट्स (युएई)सँग घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपालले कार्तिक २८ देखि मङ्सिर तीन सम्म तीन खेलको सिरिज खेल्ने तालिका सार्वजनिक गरेको छ ।

नेपालले कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा र तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा
खेल्नेछ । सबै खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमण गर्नु अघि त्यसको तयारी स्वरूप युएईसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर