कोहलीको कोठामा छिरेर एक समर्थकले भिडियो बनाएपछि… – Nepal Press

कोहलीको कोठामा छिरेर एक समर्थकले भिडियो बनाएपछि…

मेलबर्न । आफू बसिरहेको कोठाभित्र प्रवेश गरेर भिडियो बनाएको भन्दै भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले आपत्ति जनाएका छन्।

कोहलीले आफ्नो गोपनीयता हुन् भएको भन्दै गुनासो गरेका छन् । एक व्यक्तिले कोहली बसिरहेको होटलको कोठाभित्रको भिडियो टिकटकमा राखेपछि कोहली छक्क परेका हुन् ।

‘म बुझ्छु की समर्थकहरू आफ्नो मन पर्ने खेलाडीलाई भेट्न निकै उत्साही हुन्छन्। तर यो भिडियोले मेरो गोपनीयता हनन भएकोमा दु:ख लागेको छ’, कोहलीले टिकटकको भिडियो राख्दै लेखेका छन् । उनले होटलको कोठामा पनि गोपनीयता कायम हुँदैन भने गोपनीयता कहाँ खोज्ने भन्दै प्रश्नसमेत गरेका छन् ।

विश्वकपअघि पर्थमा तयारी गरिरहेका बेला कोहली बसेको होटलको कोठाको भिडियो बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । तर उक्त भिडियो कसले रेकर्ड गरेको हो भन्नेबारे केही खुलाइएको छैन । कोहली बसेको होटल क्राउन टावर्सले घटनाप्रति दु:ख व्यक्त गरेको छ।

 

View this post on Instagram

 

A post shared by Virat Kohli (@virat.kohli)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर