डिफेन्डर गीताले आईलिग खेल्ने, सेथुमा अनुबन्धित – Nepal Press

डिफेन्डर गीताले आईलिग खेल्ने, सेथुमा अनुबन्धित

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टीमकी सेन्टरब्याक गीता रानाले भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । उनलाई आगामी सिजनका लागि सेथु एफसीले अनुबन्ध गरेको हो ।

आइतबार कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले पनि सेथुसँग सम्झौता गरेकी थिइन् । दुबै खेलाडी एक वर्षे सम्झौतामा सेथुमा अनुबन्ध भएका हुन् ।

क्लबले सम्झौता रकम भने गोप्य राखेको छ । गीता र एन्जिला दुवैले पहिलोपटक आईलिग खेल्न लागेका हुन् ।

सन् २०२१-२२ मा सेथु उपविजेता भएको थियो । सेथुले पहिलो पटक लिग उपाधि जित्दा नेपाल राष्ट्रिय महिला फुटबल टीमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले प्रभावशाली प्रदर्शन गरेका थिए । यस सिजन सावित्रा गोकुलम केरेलामा अनुबन्ध भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर