टी–२० विश्वकप : अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो – Nepal Press

टी–२० विश्वकप : अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो

काठमाडौं । साबिक विजेता अष्ट्रेलियाले आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर १२मा आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।

ब्रिसबेन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर आयरल्यान्डसामु १ सय ८० रनको लक्ष प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १८.१ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्रै बनायो ।

आयरल्यान्डका लागि लोर्कान ट्युकरले अविजित ७१ रोकने इनिङ खेले । ग्यारेथ डिलेनी १४ रन, ओपनर पल स्टिर्लिङ र मार्क आड्यरले समान ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाको बलिङमा आडम जाम्पा, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र पात क्युमिन्सले समान दुई विकेट लिए भने, मार्कस स्टोनिसले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ६३ रनको योगदान गरे । उनले ४४ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । मार्कस स्टोनिस ३५ रन बनाएर पभेलियन फर्किए । मिचेल मार्स २८ रनमा आउट हुँदा टिम डेविट १५ रनमा अविजित रहे ।

आयरल्यान्डको बलिङमा बेरी मेकार्थीले तीन विकेट लिए । जोश लिटिलले २ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेल न्यूजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो भने, दोस्रो श्रीलंकालाई ७ विकेटले हराएको थियो ।

जितसँगै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । पराजित आयल्यारन्ड चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर