पुत्रलाभपछि बधाई दिनेलाई प्रकाश सपुतले दिए धन्यवाद – Nepal Press

पुत्रलाभपछि बधाई दिनेलाई प्रकाश सपुतले दिए धन्यवाद

काठमाडौं । पुत्रलाभपछि विभिन्न माध्यमबाट बधाई, शुभेच्छा र प्रेम प्रकट गर्ने सम्पूर्णलाई गायक प्रकाश सपुतले धन्यबाद व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् ।

आफ्नो र छोराको तस्बिरसहित उनले ६ वर्षपछि घरमा नयाँ सदस्य जोडिएको पनि बताएका छन् । प्रकाश पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

सपुत दम्पतीको यो दोस्रो सन्तान हो । पहिलो सन्तानको रुपमा उनीहरुले सातवर्षअघि छोरीलाई जन्म दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *