कति पुग्यो अमेरिकी डलरको मूल्य ? – Nepal Press

कति पुग्यो अमेरिकी डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयदरअनुसार सोमबार अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

एक सातायता अमेरिकी डलरको भाउ स्थिर जस्तै बनेको छ । यस्तै पाउन्ड स्टर्लिङ १ को खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ ।

यता युरो १ को खरिददर १३१ रुपैयाँ २० पैसा तथा बिक्रीदर १३१ रुपैयाँ ८० पैसा तोकिएको छ । जापानी १० येनको खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *