३ महिनामा सवा ४ खर्ब व्यापार घाटा – Nepal Press

३ महिनामा सवा ४ खर्ब व्यापार घाटा

काठमाडौं । नेपालको व्यापार घाटा पछिल्लो ३ महिनामा सवा ४ खर्ब पुगेको छ । असोज महिनामा मात्रै १६ प्रतिशत व्यापार घाटा भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ३ महिनामै ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

नेपालबाट बस्तु निर्यात घट्नु र विदेशबाट बस्तु आयात वृद्धि हुनुले नेपालको व्यापार घाटा चुलिँदै गएको हो । चालु आवको पहिलो महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ थियो ।

नेपालले गत वर्षको तीन महिनाको अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

चालू आवको सोही अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

नेपालको ३ महिनामा ३ खर्ब ५९ अर्ब १७ करोड व्यापार घाटा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *