पुलिसले बाग्मतीलाई दियो २९० रनको लक्ष्य – Nepal Press

पुलिसले बाग्मतीलाई दियो २९० रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको शतक प्रेरित नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई २९० रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २८९ रनको योगफल तयार गरेको हो ।

पुलिसका लागि दीपेन्द्रले सर्वाधिक १०८ रनको योगदान गरे । उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेखसँग १३६ रनको साझेदारी गरेका थिए ।

ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान ३७ रन बनाए । आरिफ शेख ३६ रन जोडेर पभेलियन फर्किए । यस्तै दिलीपनाथ १२ र पवन सर्राफ १५ रनमा अविजित रहे ।

बाग्मतीको बलिङमा नन्दन यादवले २ विकेट लिए । यस्तै रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान एकएक विकेट लिए ।

यस्तै त्रिवि क्रिकेट मैदानमा प्रदीप ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २२० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रनको योगदान गरे । उनले ८० बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।

सन्दीप जोराले ५० रन जोडे । भुवन कार्की २६ रनमा आउट हुँदा शरद भेषावकर १६, मौसम ढकाल १२ रन र अमर रौतेला १० रनमा आउट भए ।

आर्मीको बलिङमा विक्रम शोवले सर्वाधिक ४ विकेट लिए । साहब अलाम र कुशल मल्लले समान २-२ विकेट लिँदा जितेन्द्र मुखिया र विक्रम शोवले समान एकएक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर