वर्षाले अस्ट्रेलिया-इङ्ल्यान्ड भिडन्त रद्द, दुवैले अंक बाँडे – Nepal Press

वर्षाले अस्ट्रेलिया-इङ्ल्यान्ड भिडन्त रद्द, दुवैले अंक बाँडे

मेलबर्न । आईसीसी टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत शुक्रवारलाई निर्धारित अस्ट्रेलिया र इङ्ल्यान्ड भिडन्त वर्षाका कारण रद्द भएको छ ।

वर्षाका कारण खेल सुरु हुन नसकेपछि दुवै टोलीलाई १/१ अंक दिइएको छ । तीन खेलबाट ३ अंक भएको अस्ट्रेलिया समूह-१ मा चौथो स्थानमा छ।

तीन खेलपछि आयरल्यान्ड र इङ्ल्यान्डको पनि समान ३ अंक छ। शीर्षस्थानमा रहेको न्युजिल्यान्डको २ खेलबाट ३ अंक छ।

समूह-२ अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबिचको खेल पनि वर्षाका कारण रद्द भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर