बैंकहरुलाई दैनिक रूपमै तरलता उपलब्ध गराउन कार्यविधि संशोधन – Nepal Press

बैंकहरुलाई दैनिक रूपमै तरलता उपलब्ध गराउन कार्यविधि संशोधन

धितो व्यवस्थापन खाता सीमामा नल्याए अतिरिक्त ब्याज लाग्ने

काठमाडौं । बैक तथा वित्तीय संस्थालाई दैनिक रूपमै तरलता सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले कार्यविधि संशोधन गर्ने भएको छ ।

यसको मस्यौदा पनि केन्द्रीय बैंकले तयार पारिसकेको छ । मस्यौदामा आवश्यक सुझाव भए कात्तिक २५ गतेसम्म दिन भनेको छ ।

सुझाव भुक्तानी प्रणाली विभागको इमेलमा पठाउन सकिनेछ । दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन २०७९) २०७६ को दोस्रो संशोधन गर्न लागिएको हो ।

संशोधन गर्न लागिएको कार्यविधिको मस्यौदामा सुरक्षण पत्र धितो राखिएबापत धितो व्यवस्थापन खाता पूर्ण सीमामा नल्याए अतिरिक्त ब्याज लाग्ने व्यवस्था गरिएको छ । बैंकहरुले स्थायी सुविधा लिन सरकारी सुरक्षण पत्र धितोमा राख्नुपर्ने हुन्छ ।

दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुई जना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्नेछ ।

अहिले एक पटक कायम भएको दैनिक तरलता सुविधा सीमा थपघट वा स्थगित हुने अवस्थामा बाहेक आर्थिक वर्षभरि कायम रहने व्यवस्था छ ।

हरेक आर्थिक वर्षका लागि वित्तीय संस्थाले निवेदन दिइ पुनः आफ्नो नयाँ सीमा कायम गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *