विकास बैंकहरूले ३ महिनामै ब्याजबाट कमाए पौने ५ अर्ब, कुन बैंकको अवस्था कस्तो ? – Nepal Press

विकास बैंकहरूले ३ महिनामै ब्याजबाट कमाए पौने ५ अर्ब, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले ब्याज आम्दानीबाट तीन महिनामा पौने ५ अर्ब रूपैयाँ कमाएका छन् । गत वर्षको यसै अवधिको तुलनामा बैंकहरूको ब्याज आम्दानी २५ प्रतिशतले बढेको हो । गत वर्ष ३ अर्ब ९० करोड ५७ लाख रूपैयाँ कमाएका थिए । यसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ब्याजबाट आम्दानी गरेको छ । यसले तीन महिनामा १ अर्ब बढी ब्याज आम्दानी गरेको छ । अहिले मुक्तिनाथ विकास बैंकले साधारण बचतमा १० प्रतिशतसम्म ब्याज दिइरहेको छ भने मुद्दती निक्षेपमा १३ प्रतिशत छ ।

दोस्रोमा गरिमा विकास बैंकको ब्याज आम्दानी ७९ करोड ६२ लाख रूपैयाँभन्दा बढी छ । यस अवधिमा अरु ७ वटै बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

कुन बैंकले ब्याजबाट कति कमाए ?

विकास बैंकमा ठूलो मुक्तिनाथ

मुक्तिनाथ विकास बैक चुक्ता पुँजीको हिसाबमा पनि पहिलो नम्बरमा रहेको छ । अहिले यस बैंकको चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख छ । गत वर्षको यसै अवधिको तुलनामा चुक्तापुँजी १७.५८ प्रतिशतले बढेको हो । ८ वटै बैंकको चुक्तापुँजी समग्रमा १५.९५ प्रतिशतले बढेको हो । गरिमा विकास बैंकको साढे ४ अर्ब बढी पुँजी पुगेको छ भने ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको पनि ४ अर्बमाथि पुँजी छ ।

कसको पुँजी कति

असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको रहेको छ । यसको प्रतिशेयर आम्दानी ४ रूपैयाँ ८३ पैसाले बढेर २२ रूपैयाँ १२ पैसा पुगेको छ । एक वर्षमा शाइन रेसुंगाबाहेक अरु सबै बैंकको प्रतिशेयर आम्दानी घटेको छ । बैंकहरूको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको हो ।

नाफा घटेसँगै प्रतिशेयर आम्दानी प्रभावित

विकास बैंकहरूको चालू आर्थिक वर्ष (२०७९/८०) को तीन महिनामा ३० प्रतिशतले नाफा घटेको छ । एक वर्षको अवधिमा ५ बैंकको खुद नाफा घटेको छ भने ३ बैंकको नाफा बढेको छ । बैंकहरूको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ । असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४ रूपैयाँ ८३ पैसाले बढेर २२ रूपैयाँ १२ पैसा पुगेको छ । एक वर्षमा शाइन रेसुंगाबाहेक अरु सबै बैंकको प्रतिशेयर आम्दानी घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *