आजदेखि ‘महापुरुष’ हलमा – Nepal Press

आजदेखि ‘महापुरुष’ हलमा

काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र महापुरुष आजदेखि देशभर प्रदर्शनमा आएको हो ।

यस चलचित्रमा अभिनेताहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारहरूको अभिनय छ।

सिनेमामा शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ ।

चलचित्रलाई जात्रा, जात्रैजात्रा, सत्रुगतेलगायतका चलचित्र निर्देशन गरेका प्रदीप भट्टराइले निर्देशन गरेका हुन्।

षट्कोण आर्टसको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता म्याक्स दीपेश खत्री रहेका छन् ।
फिल्म निमांण टोलीले फिल्म प्रदर्शन अगाबै ५ दिन अघिनै प्रिमियर गरेको थियो ।

नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई सिनेमा देखाएपछि ढुक्क हुन सकिने भन्दै निर्माताले पाँच दिनअगावै प्रिमियर राखेका  थिए । प्रिमियरमा सिनेमाले उपस्थित पाहुनाबाट प्रशंसा कमाएको छ ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढुंगबाट प्रस्तुत गरिएको सिनेमाले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा धेरै सेलिब्रेटीका आँखा ओभाएका थिए । कति आँशु पुस्दै बाहिरिएका थिए भने कोही निःशब्द थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *