रोनाल्डोको गोलमा युनाइटेडको सहज जित – Nepal Press

रोनाल्डोको गोलमा युनाइटेडको सहज जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो ।

जितसँगै समूह ‘ई’ मा युनाइटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर