च्याम्पियन्स लिग: बायर्नसँग पराजित बार्सिलाेना समूह चरणबाटै बाहिरियाे – Nepal Press

च्याम्पियन्स लिग: बायर्नसँग पराजित बार्सिलाेना समूह चरणबाटै बाहिरियाे

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० गोलको नतिजामा पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । खेलको दशौं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई सुरूआति अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा चुपो मोटिङको गोलमा बायर्नले अग्रता दोब्बर पार्‍यो । खेलको इन्जुरी समयमा बेन्जामिन पाभर्डले गोल गर्दै बायर्नको जित ३-० ले सुनिश्चित गरेका थिए ।

जितसँगै ५ खेलमा १५ अंक जोडेको बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६मा प्रवेश गरेको छ ।

बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।

समूह ‘सी’ बाट इन्टर मिलानले नकआउट चरणमा स्थान बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर