प्रियंका कार्कीको घरमा चोरी – Nepal Press

प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । प्रहरीका अनुसार प्रियंका-आयुष्मानको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र ५ तोलाजति सुनका गहना लगेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार प्रियंका परिवार डिनरका लागि बाहिर गएको मौका पारेर शौचालयको भेन्टिलेसनको सिसा फुटाएर चोर घरभित्र पसेको थियो ।

प्रहरीले चोरीमा संलग्नको पहिचान भइसकेको भन्दै पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *