टिमसँग प्रशिक्षण गर्न पाए रोनाल्डोले – Nepal Press

टिमसँग प्रशिक्षण गर्न पाए रोनाल्डोले

लन्डन। नखेलाएको भन्दै खेल सकिनुअघि प्लेयर बक्स छाडेका क्रिस्टियानो रोनाल्डो पछिल्लो समय निकै विवादमा छन्। टोट्टनहामसँगको खेलमा वैकल्पिक खेलाडीका रुपमा समेत मैदान प्रवेश गर्ने सम्भावना नदेखेपछि रोनाल्डोले आक्रोशस्वरुप मैदान छाडेका थिए।

त्यसपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले उनलाई चेल्सीविरुद्धको खेलमा टोलीमा समावेश गरेका थिएनन् भने टिमसँग प्रशिक्षण गर्ने अनुमति पनि उनलाई दिइएको थिएन।

रोनाल्डोले पछिल्लो समय सुरुवाती–११ टोलीमा स्थान बनाउन सकिरहेका छैनन्। घरेलु लिगमा चेल्सीसँग बराबरीमा रोकिएपछि प्रशिक्षक हाग दबाबमा आएका थिए। त्यसअघि रोनाल्डोले प्लेयर बक्स छाडेको खेल भने म्यान युनाइटेडले जितेको थियो। रोनाल्डोले यो सिजन क्लबका लागि १२ खेल खेल्दै २ गोल गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर