एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशतले वृद्धि – Nepal Press

एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशतले वृद्धि

काठमाडौं । एनआईसी एशिया बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रूपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रूपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड पुगेको छ । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ ।

बैंकले वार्षिक प्रतिशेयर आम्दानी ५९.६२ रुपैया आर्जन गरेको छ ।

बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *