ग्लोबल आईएमई बैंकद्वारा १३.६ प्रतिशत लाभांश प्रस्ताव – Nepal Press

ग्लोबल आईएमई बैंकद्वारा १३.६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को कमाइबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबारको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव भएको हो । जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रूपैँया छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *