४१.३० प्रतिशतले बढ्यो नबिल बैंकको खुद नाफा – Nepal Press

४१.३० प्रतिशतले बढ्यो नबिल बैंकको खुद नाफा

काठमाडौं । नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । यो चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हो ।

गत वर्ष यसै अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रूपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रूपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी भने ५ रूपैयाँ १ पैसाले घटेर २७ रूपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी ३२ रूपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ २३३.२८ रूपैयाँ २८ पैसा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *