सगरमाथा सिमेन्ट किन्दा स्कुटर उपहार – Nepal Press

सगरमाथा सिमेन्ट किन्दा स्कुटर उपहार

काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ-स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ ।

यस योजनामा सगरमाथा सिमेन्टको बोराहरुभित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरी त्यसपछि आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ ।

पुस मसान्तसम्म संन्चालन हुने यस योजनामा इ-स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामान लगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्रमार्फत जित्न सकिने छ । लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरीनेछ ।

सन २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखि बजारमा आफ्नो पहिचान तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *