तिहारअघिको अन्तिम कारोबारमा शेयर बजार बढ्यो – Nepal Press

तिहारअघिको अन्तिम कारोबारमा शेयर बजार बढ्यो

काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन (आइतबार) शेयर कारोबार सकारात्मक बनेको छ । नेप्से सूचक वृद्धि भएको छ भने कारोबार रकम औसतमा रहेको छ । यस दिन नेप्से सूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा अडिएको छ ।

५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । यस दिन २२१ कम्पनीको १५ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ वटा बाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको छ ।

५ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल बैंक परेका छन् ।

अहिले बजारमा लाभांशको सिजन चलिरहेको छ । तर पनि सेयर बजार अपेक्षित सुधार हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *