पर्यटकीय विकासका लागि गोदावरीमा साइक्लोथोन, ३०० साइकलयात्री सहभागी हुने – Nepal Press

पर्यटकीय विकासका लागि गोदावरीमा साइक्लोथोन, ३०० साइकलयात्री सहभागी हुने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा कात्तिक ९ गते गोदावरी साइक्लोथोन २०२२ आयोजना हुने भएको छ । आयोजक गोदावरी वाणिज्य संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगरभित्र रहेका सुन्दर मनोरम, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न साइक्लोथोन आयोजना गरेको जनाएको हो ।

साइक्लोथोनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त स्वदेशी तथा विदेशी ३०० साइकल यात्रीहरुको सहभागीता हुने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिए । गोदावरी नगरपालीकाबाट सुरु हुने साइक्लोथोन ठेचो, चापागाउँ, देवीचौर, टिकाभैरव लगाएतका स्थानको परिक्रमा गरि पुन नगरपालिकामा आएर समापन हुने उनले बताए ।

साइक्लोथोनका लागि बिभिन्न सुरक्षा निकायको सहयोग रहने र आवश्यक स्वास्थ्यउपचारको पनि उचित प्रवन्ध गरिएको संघले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर