पूर्वजापानी फरवार्ड कुदोको निधन – Nepal Press

पूर्वजापानी फरवार्ड कुदोको निधन

काठमाडौ‌ । पूर्वजापानी फरवार्ड मासातो कुदोको ३२ वर्षको उमेरमा निधन भएको छ ।

जापानी तेस्रो डिभिजनको क्लब टेङ्गाभाजारो मियाजाकीबाट खेलिरहेका कुडो मस्तिस्कको शल्यक्रियापछि निधन भएको हो ।

अक्टोबर २ मा बिरामी भएका कुदोको मस्तिस्कको भेन्ट्रिकलमा तरल पदार्थ जम्मा भएकाले शल्यक्रिया गुर्नपरेको थियो ।

कुदोले यसअघि कासिवा रेसोल, भानकोउभेर ह्वाइटक्यापस्, सानफ्रेस हिरोसिमा र ब्रिस्वेन राअरका लागि खेलेका थिए ।

तेङ्गाभाजारोले एक विज्ञप्ति जारी गर्दै कुदोको निधन भएको जानकारी गराएको थियो ।

कुदोले कासिवा रेसोलबाट १२ खेल खेल्दै ११ गोल गरेका थिए । सन् २०१३ मा जापानबाट खेलेका चार खेलमा उनले दुई गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर