१०.९८ प्रतिशत लाभांश दिने सानिमा बैंकको घोषणा – Nepal Press

१०.९८ प्रतिशत लाभांश दिने सानिमा बैंकको घोषणा

काठमाडौं । सानिमा बैंक १०.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले अघिल्लो वर्ष १८ प्रतिशत लाभांश बाँडेको थियो ।

बैंकको सञ्चालक समितिले गत आवको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर तिर्न ०.९८ प्रतिशत नगद पनि दिने भएको छ ।

लाभांशको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभा र नियामक राष्ट्र बैंकबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *