सुदूरपश्चिमको भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न गठबन्धनका नेता धनगढीमा (तस्बिरहरू) – Nepal Press

सुदूरपश्चिमको भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न गठबन्धनका नेता धनगढीमा (तस्बिरहरू)

कैलाली । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा रहेका सत्ता गठबन्धनका नेता धनगढी आइपुगेका छन् ।

सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत धनगढी आएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सँगै छन् ।

सुदूरपश्चिमको संयुक्त प्रशिक्षण कार्यक्रम संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ । संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधि, उम्मेदवारलगायत आएका माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर