टी-ट्वान्टी विश्वकप: भारत र पाकिस्तान भिड्दै – Nepal Press

टी-ट्वान्टी विश्वकप: भारत र पाकिस्तान भिड्दै

मेलबर्न । अस्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपमा आइतबार चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दैछन्। मेलबर्न क्रिकेट मैदानमा हुने खेल पाकिस्तान र भारत दुवैको सुपर–१२ मा पहिलो प्रतिस्पर्धा हो।

दुई महिना अघि यी दुई टोली एसिया कपमा दुईपटक आमने सामने भएका थिए। समुहगत चरणमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर–४ मा भारतलाई पराजित गर्दै पाकिस्तान फाइनल पुगेको थियो।

हालसालै भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप त्यहाँ गएर नखेल्ने भन्दै आयोजना स्थल सर्ने बताएपछि दुई देशका क्रिकेट बोर्डबीच शीतयुद्ध चलिरहेको छ। पाकिस्तानले पनि भारतमा हुने प्रतियोगिताहरु नखेल्ने चेतावनी दिइरहेको छ।

यसअघि गत वर्षमात्र आयोजना भएको टी–२० विश्वकपको समूहगत चरणमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। भारतले सन् २००७ पछि र पाकिस्तानले सन् २००८ पछि टी–२० विश्वकपको उपाधि जित्न सकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर