ब्याजदर वृद्धि र राष्ट्र बैंकको नीतिप्रति नेपाल मुद्रण उद्योग महासंघको विरोध – Nepal Press

ब्याजदर वृद्धि र राष्ट्र बैंकको नीतिप्रति नेपाल मुद्रण उद्योग महासंघको विरोध

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले ब्याजदरमा भएको वृद्धि र नेपाल राष्ट्र बैंकको वित्तीय नीतिप्रति असन्तुष्टि जनाएको छ ।

महासंघका अध्यक्ष खोमकान्त रेग्मी र महासचिव कमलप्रसाद पोखरेलले एक विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाहरुद्वारा असोजदेखि लागू हुनेगरी ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

राष्ट्र बैंकका नीतिका कारण कर्जाको ब्याजदर आकाशिने र कोभिडले पारेको बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण मुद्रण व्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको हो ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्थामा आएको तथा उत्पादिन सामानको मूल्य आकाशिन गइ आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै आएको महासंघको ठहर छ ।

कोभिडको समयमा बैंकिङ क्षेत्रबाट ऋण प्राप्त गरेकोमा प्रशंसा गरेको छ । राष्ट्र बैंकको पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेका व्यवसाय जोखिममा परेको र नयाँ लगानी पनि निरुत्सिाहित भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *