नबिल बैंकमा खाता हुनेले फोनबाटै २ लाखसम्म ऋण पाउने – Nepal Press

नबिल बैंकमा खाता हुनेले फोनबाटै २ लाखसम्म ऋण पाउने

काठमाडाैं ।  नबिल बैंकले फोनलोनको सिमा बढाएर २ लाख रुपैयाँ पुर्‍याएकाे छ । यसअघि एक लाख रुपैयाँसम्म फेन लोन दिदै आएको बैंकले बढाएर २ लाख रुपैयाँ पुर्‍याएकाे हाे। यस्तै डिजीटल फाइनान्सिङ प्रडक्टको दायरापनि बढाएको छ ।

नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् ।

बैंकले ग्राहकहरुको सुविधाका लागि ‘दिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको विकल्प रोज्न सक्छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *