तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट – Nepal Press

तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

काठमाडाैं। बिजबजारले महान् चाड दीपावलीलाई दृष्टिगत गर्दै “Bizbazarभव्य उत्सव” नामक योजना सञ्चालनमा ल्याएको छ। चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।

यो अफर अन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ। जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्नेमौका प्राप्त गर्नेछन् ।

यस योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशःरूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *