नवौं राष्ट्रिय खेलकुद : कबड्डीको दुइटै स्वर्ण आर्मीको पोल्टामा – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : कबड्डीको दुइटै स्वर्ण आर्मीको पोल्टामा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवले महिला र पुरुष दुवैतर्फको स्वर्ण जितेको छ ।

बिहीबार सम्पन्न पुरुष कबड्डीको फाइनलमा लुम्बिनी प्रदेशलाई ४१-२० को नतिजामा पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो ।

यस्तै महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०-२३ ले पराजित गर्दै आर्मीले कबड्डीको दुइटै स्वर्ण आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव तथा महिलातर्फ लुम्बिनी प्रदेश र एपीएफले कास्य पदक हात पारे ।

आर्मीले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुषतर्फका दुइटै स्वर्ण जितेको थियो ।

असोज ३० गतेदेखि सुरु प्रतियोगितामा सात प्रदेश, ३ विभागीय र गैरआवासीय नेपाली संघको टोली गरी ११ टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर