शुक्रबारदेखि देशभर रिलिज हुँदै ‘के घर के डेरा’ – Nepal Press

शुक्रबारदेखि देशभर रिलिज हुँदै ‘के घर के डेरा’

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’ शुक्रबारदेखि नेपालभर रिलिज हुँदैछ । सिनेमाको बुधबारबाट मल्टिप्लेक्स हलहरुले अग्रीम टिकट बुकिङसमेत खुला गरेका छन् । सिनेमाले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ ।

नेपालको सवैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शो दिएको छ ।

यस्तै वान सिनेमाजले ६, रञ्जना सिनेप्लेक्सले ४, बिग मुभिजले ३, आईएनआई सिनेमाजले ६, बीएसआर मुभिजले ३ र एफक्युबले ३ सो दिएका छन् । सीडीसी सिनेमाले भने अहिलेसम्म अग्रीम टिकट बुकिङकको लागि शो बाँडफाँट गरेको छैन ।

बिहीबार साँझसम्म अधिकांश सिनेमा हलले सिनेमाले पाउने सम्पुर्ण शोको जानकारी सार्वजनिक गर्ने बताइएको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त र विपीन कार्कीसँगै वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोसिस क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *