५ हजार मिटरमा गोपीचन्द्रले जिते स्वर्ण – Nepal Press

५ हजार मिटरमा गोपीचन्द्रले जिते स्वर्ण

पाेखरा । एपीएफ क्लबका गाेपिचन्द्र पार्कीले नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

बिहीबार बिहान पाेखरा रंगशालामा सम्पन्न दाैडमा गोपीचन्द्र ले १४ मिनेट २९.६७ सेकेन्डमा निर्धारित दुरि पूरा गरे ।

निर्धारित दूरी पार गर्न १४ मिनेट २९.९३ सेकेन्ड खर्चिँदै कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते ।यस्तै, त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।

महिला ५ हजार मिटरमा बुधबार बागमती प्रदेशकी सन्ताेषी श्रेष्ठले संवरण पदक जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर